बोलेरो गाडीले किचेर एक जनाको मृ त्यु
उदयपुर, असार २४ । उदयपुर ताप्ली गाउपालिका ५ डुढे स्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ बर्षीय रमेश नेपाली रहेका छन् ।
आज बिहानको राती २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो । घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्याउदा मृ त्यु भईसकेको अस्पतालले जनाएको छ ।
गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० बर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजतालस भईरहेको छ ।


