लडेर एक महिलाको मृ त्यु
ओखलढुंगा, असार २४ । ओखलढुङगा खिजिदेम्बा गाँउपालिका ८ कास्पु की ४३ बर्षीया पासाङ फुरी शेर्पाको लडेर मृ त्यु भएको छ ।
हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानियले फेला पारेका थिए । उनको स्थानियले बोकेर घर तर्फ ल्याउने क्रममा मृ त्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


