कोभिड अस्पतालले जनताको मन जितेको छ ः मन्त्री राई

विराटनगर, २५ असार । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताउनु भएको छ ।

कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको उहाँले बताउनुभयो । निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको मन्त्री राईले बताउनुभयो ।

आज अस्पतालको अनुगमन गर्दै सामाजिक विकास मन्त्री राईले प्रदेश १ सरकारले अन्य प्रदेश भन्दा पहिले व्यवस्थित रुपमा कोभिड अस्पताल सञ्चालन गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रवन्ध गरिएको पनि बताउनुभयो । मन्त्री राईले आईसीयु, भेन्टिलेटरमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिनुभएको थियो ।

कोरोना संक्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ प्रदेश सरकारले यसका लागि आवस्यक वजेटको पनि प्रवन्ध गरेको छ ।’ ९६ वटा वेड रहेको कोभिड अस्पतालमा आज ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । उहाँले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।