करेन्ट लागेर एकको मृ त्यु
झापा,असार २६ ।ईलाम सन्दकपुर-२ घर भई झापा बिर्तामोड-१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृ त्यु भएको छ ।
हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागी उनको मृ त्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यो पनि…
नेपाली काग्रेस जिल्ला सचि राईद्धारा धनकुटा कोभिड अस्पताल र आईसोलेसन सेन्टरका कोराना संक्रमित विरामीलाई पोषिलो खानेकुरा र स्वास्थ्य समाग्री प्रदान
धनकुटा । धनकुटा कोडिभ अस्पताल तथा आइशोलेसन सेन्टरमा उपचारत विरामीहरुलाई आज नेपाली कांग्रेस धनकुटाले पोषिलो खाने कुरा तथा स्वास्थ्य समाग्रीहरु वितरण गरेको छ ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टरमा उपचाररत सहिदभूमी गाउपालिकाका कांग्रेस सहसभापती तोर्ण खड्का लगायतका विरामीहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिदै मास्क,स्यानिटाईजर र पोषिलो खानेकुरा प्रदान गर्नु भएको छ ।
त्यस्तै उहाँले आईशोलेसन सेन्टरबाट उपचार गराई कोरोनालाई जितेर निको भएर घर जान लाग्नु भएका कांग्रेस नेता नेपाल दलित संघ धनकुटाका जिल्ला अध्यक्ष शिव विक लगायत ५ जनालाई बधाई दिदै मास्क र स्यानिटाईजर प्रदान गर्नु भएको थियो ।
सो अवसरमा उनिहरुले सचिव राईलाई सामाजिक सेवामा सक्रिय हुनुभएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै सचिव राईले धनकुटा नगरपालिका वडा नं ९ का कांग्रेस सभापती प्रेम खत्री,वडा नं ८ का यूवा नेता बिचकर्ण राई, वडा नं १० का तरुण दलका वडा सभापती सुरेश श्रेष्ठ,वडा नं ६ का महिला नेता तथा निर्वाचित महिला सदस्य हिरादेवी राईलाई पनि भेटघाट गरी त्यस क्षेत्रमा कोरोनाको अवस्था र स्वास्थ्य स्थितिको वारेमा समेत जानकारी लिदै कोरोनाबाट वच्ने उपायाको वारेमा परार्मश गर्दै मास्क प्रदान गर्नु भएको थियो ।


