मावाखोलाको पुलमा जोखिम

दमक, २७ असार । हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दु र्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको छ । सो पुल वर्ष दिनअघि मात्र पूर्णरूपमा सञ्चालनमा आएको थियो । पुलको दमक खण्डतर्फको पूर्वी भागको ग्यावियन भत्किन थालेपछि सडकसमेत भासिन थालेको छ ।

सडक भासिएसँग सो पुलमा अहिले एकतर्फीरूपमा मात्र यातायात सञ्चालन हुँदै आएको र यही अवस्था रहे अबको केही दिनभित्रमा पूरै सडक भत्किएर खोलामा खस्ने र यातायात सञ्चालनमा पूर्ण अवरोध सिर्जना हुनसक्ने खतरा रहेको पत्रकारसमेत रहनुभएका स्थानीयवासी नगेन्द्रमणि न्यौपाने बताउनुहुन्छ । पुल नबन्दासम्म वर्षायाममा दमक–१० र उर्लाबारी–९ का बासिन्दाले वारिपारि गर्न समस्या भोग्दै आएका थिए तर अहिले त्यही पुलको केही भागमा आवागमनमा नै असुविधा हुने गरी निर्मित संरचनामा क्षति आउन थालेपछि स्थानीयवासीमा चिन्ता छाएको उहाँको भनाइ छ । उहाँले पुल मर्मतमा बेलैमा चासो नदिने हो भने थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

विसं २०७१ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको उक्त पुलको अझै औपचारिक भने उद्घाटन गरिएको छैन । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार रु चार करोड ४० लाखमा २०० मिटर लामो पुल बनाउनुपर्नेमा ७५ दशमलव ४५ मिटर मात्र बनेको छ । झापातर्फ पुलसम्म पुग्ने बाटो कालोपत्रसमेत भइसकेको छ भने मोरङतर्फ आमबारी–झुर्किया सडकसँग पुल जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कल्र्भटसमेत निर्माण भएको छ । दुवैतर्फ पुलसम्म नै कालोपत्र सडक पु¥याउन सकेमात्र त्यस सडकले प्राथमिकता पाउने अध्यक्ष खनाल बताउनुहुन्छ ।

पुल निर्माणले दमकदेखि विराटनगरसम्म पुग्नका लागि करिब ३० किलोमिटर छोटिएको भए पनि पुलको संरक्षणमा स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान खासै जान नसकेको उहाँको भनाइ छ ।(रासस) -file photo

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।