दृढ इच्छाशक्तिकी धनी स्व.इन्द्रकलाप्रति श्रद्धाञ्जली

ललितपुर, २७ असार । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) स्थायी समिति सदस्य पम्फा भुसालले ‘इन्द्र–गोविन्द स्मृति’ कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । आफ्नी माता इन्द्रकला र पिता गोविन्दको स्मरणमा सो कोष स्थापना गरेर ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई कोषबाट छात्रवृत्ती प्रदान गरिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

नेत्री भुसालकी माता इन्द्रकलाको स्वर्गारोहणको सातौँ दिन आज आफ्नै निवास ललितपुरमा भएको श्रद्धाञ्जलीसभामा उहाँले आमाबाको सम्झनामा अक्षयकोष स्थापना भएको जानकारी दिनुभयो । यसअघि दिवङ्गत बुबाको नाममा भुसाल परिवारले १३ वर्षअघि अर्घाखाँचीको जनता माविमा पनि यस्तै सहयोगी कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माता इन्द्रकलाको स्मरण गर्दै राजनीतिक उत्प्रेरक व्यक्तित्वका रूपमा सम्झँदै भन्नुभयो, “दृढ इच्छा शक्तिकी धनी आमा स्वतन्त्रता पक्षपाती हुनुहुन्थ्यो ।” अध्यक्ष प्रचण्डले मृत्यु हुँदा दुःखी हुने र जन्मदा खुशी हुने मानवीय स्वाभाव भएको उल्लेख गर्दै कम्युनिष्टहरूले आफ्ना जेष्ठ नागरिकलाई सम्मान सुरक्षा दिने बताउनुभयो । मृ त्युपछि भन्दा पनि जिवित रहँदा माता पिताको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेत्री भुसालले सामन्ती पितृसत्तामा जन्मेर आफ्नी आमाले सामाजिक तथा राजनीतिक दुःख भोग्नुभएको तर आफूहरूलाई राजनीति र विद्रोहमा नलाग भनेर कहिल्यै नभनेको उल्लेख गर्दै आमा राजनीतिक, भौतिक, आर्थिक एवं मनोवैज्ञनिक आफ्नो प्रेरणाको स्रोत बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक्लो कहिल्यै गर्न परेन ।”

कार्यक्रममा माओवादी केन्द्रका नेता पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुनलगायतले स्वगीय इन्द्रकलाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।