यी रहेछन् ईलाममा मृ’त भेटिएकी महिलाको ह त्या गर्ने ब्यक्ति

ईलाम, असार २९ । उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृ त फेला परेकी महिलाको ह त्या भएको पुष्टी भएको छ ।

जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका-७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया बिमला देवी निरौला पराजुली २८ गते सोमवार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृ त फेला परेकी थिईन् ।

१ जना महिला मृ त अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई पक्राउ गरीएको हो ।

पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।