करेन्ट करेन्ट लगाएर माछा मा’र्ने क्रममा ३१ वर्षीय सरोज किसानको मृ त्यु
झापा,असार ३१ ।झापा मेचीनगर-३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृ त्यु छ । आज दिउसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनि आफैलाई करेन्ट लागेर उनको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगेका थिए ।
गुल्मी गाउँपालिकाका अध्यक्षको काठमाडौमा निधन
काठमाडौ । गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता अशोककुमार थापाको निधन भएको छ । यसवारे एमाले नेताले सामाजिक सञ्जाल मार्फत जानकारी सार्वजनिक गरेको हो । ब्ल ड क्या न्स रबाट पीडित थापाको ७४ वर्षको उमेरमा निधन भएको हो ।
नेकपा एमालेका प्रवक्ता तथा गुल्मीका सांसद प्रदीप ज्ञवालीले अध्यक्ष थापाको निधन भएकोवारे सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले नेता थापाको निधन प्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् ।
ज्ञवालीले लेखेका छन्, ‘थापाको निधनको खÞबरले स्तब्ध भएको छु । गुल्मी दरबार र समग्र जिल्लाको विकासमा सक्रिय योगदानका लागि उहाँ सधै सम्मानित रहनुहुनेछ । लोकतन्त्रका लागि उहाँको क्रियाशीलता सधैं स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि १’
विहिवार बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पनि जानकारी दिएकी छन् । उनले नेपाली कांग्रेसबाट पालिका अध्यक्ष जितेका थिए ।


