जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ

झापा, श्रावण ०२ ।झापा दमक नगरपालिका-७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन ।

यसै गरी गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह-८ का ३८ वर्षीय ईन्दु कुमार राजवंशी रहेका छन । यस्तै गौरादह-२ का ३२ वर्षीय निर्मल थापा, दमक-२ का ४२ वर्षीय राम वहादुर धिमाल, दमक-६ का ३३ बर्षीय विजय सिंह, सुनसरी ईटहरी-४ का ३५ बर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ बर्षीय मिलन राई रहेका छन ।

हिजो बेलुका ६ बजे पक्राउ परेका मध्ये कर्ण वहादुर राईको घरमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैया समेत फेला पारी बरामद गरेको छ । पक्रउ परेका उनिहररु उपर जुवा ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।