पत्रकारद्धय लाखे र निरौलाको सम्झनामा श्रद्धाञ्जली सभा

विराटनगर,२ साउन । अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लवका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारितालाई जीवनता प्रदान गराउन लाखेले ठुलो भुमिका खेलेको बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङका अध्यक्ष संजीव खनाल, सल्लाकार शंकर खरेल, नेपाल पत्रकार महासंघ मोरङका पुर्व अध्यक्ष शिवबहादुर कार्की, अग्रज पत्रकार रामरिजन यादव, प्रध्यापक चक्रपाणि खनालले पत्रकारद्धय लाखे र निरौलाले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा जीवेश्वर लाखेको बारेमा पुर्व पत्रकार जनार्दन निरौला र सुरेश निरौलाका बारेमा महासंघ मोरङ सल्लाहकार शंकर खरेलले प्रकाश पार्नुभएको थियो । लाखेको असार २१ र निरौलाको असार ३० गते निधन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।