धरानकाे सदन स्कुलमा हुन्छ निःशुल्क अङ्ग्रेजी माध्यमको पढाइ, नतिजा: धरानभरिका सामुदायिक विद्यालयहरु मध्ये ए प्लस ग्रेड ल्याउन सफल

सह–प्रध्यापक भन्छन् "सरकारी सेवा सुविधि लिदै चर्काे शुल्क लिएर अरू विद्यालयकाे जस्ताे निजिकरण गर्न सक्दैनै "

धरान । शिक्षणमा प्रविधिको प्रयोगको क्षेत्रमा उदाहरणीय रुपमा प्रस्तुत भैरहेको धरान उपमहानगरपालिका १५ मा अवस्थित सामुदायिक विद्यालय श्री शिक्षासदन माध्यमिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने सन्दर्भमा पनि आफूलाई उदाहरणीय विद्यालयको रुपमा स्थापित गराएको छ ।

आजभन्दा ८ वर्ष अगाडिदेखि कक्षा शिशु र कक्षा १ बाट अङ्ग्रेजी माध्यमको पठनपाठन शुरु गरेको यस विद्यालयले वर्षेनी एक/एक कक्षामा अङ्ग्रेजी माध्यमको पढाइको कक्षोन्नती गर्ने क्रममा यस वर्ष कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमको निःशुल्क पठनपाठन प्रारम्भ गरेको छ ।

विद्यालयले सामुदायिक विद्यालय हुनुको नाताले समाज र अभिभावकहरुप्रतिको सामाजिक दायित्व निर्वाह गर्नुे अभिप्रायले अङ्ग्रेजी माध्यमको पढाइ पनि निःशुल्क रुपमा सञ्चालन गरेको विद्यालयका सहायक प्रधानाध्यापक अशोक पोखरेल बताउँछन् ।

उनका अनुसार अङ्ग्रेजी माध्यमको पढाइका लागि विद्यालयले विद्यार्थी/अभिभावकसँग कुनै पनि शुल्क लिने गरेको छैन । पोखरेल भन्छन् ‘ हामीले कुनै पनि शुल्क लिने गरेका छैनौं । तर धेरै सामुदायिक विद्यालयहरूले सबैखाले सरकारी सेवा सुविधा लिने र अङ्ग्रेजी माध्यमका नाममा विद्यार्थीबाट हजारौं रुपैंयाको असुल्दै सामुदायिक विद्यालयले गर्ने गरेका यस प्रकारको नीजिकरणको अभ्यास र शिक्षाको व्यापारीकरणको शक्त विपक्षमा छौं ।’

सरकारकाे शिक्षा नितिविपरत रहेर अरू विद्यालयकाे जस्ताे निजिकरणकाे अभ्यास गर्न नसकिएकाे बताउँदै समामुदायिक विद्यालयले पनि निजिकरणकाे अभ्यास गरे शिक्षामा र समाजमा आर्थिक विभेद ल्याउँने र विपन्न परिवारका केटाकेटी अङ्ग्रेजी माध्यमबाट पढ्नबाट बञ्चित हुने सहायक प्रधानाध्यापक पोखरेलल बताउछन् ।
पाेखरेल भन्छन् ‘ सामुदायिक विद्यालयले नीजि स्रोतका शिक्षकबाट काम चलाउने हो भने हाम्रा दरवन्दीका शिक्षकको क्षमता अभिवृद्धि कसरी गर्ने र उनीहरु पठनपाठन नगरी के गरेर बस्ने? त्यसर्थ सरोकारवाला निकायको यसमा गम्भिर नियमनकारी भूमिका आवश्यक छ ।’

पाेखरेलले सदन स्कुलमा भने विद्यालयले सरकारी दरवन्दीमा रहेका आफ्ना शिक्षकहरुकै क्षमता अभिवृद्धि गरी उनीहरुबाट नै अङ्ग्रेजी माध्यमको पठनपाठन गराउँदै आएको बताएका छन् ।

विद्यालयले शुल्क नउठाउने नीति अन्तर्गत रही आफ्ना दरवन्दीका शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा उपायहरुको अवलम्वन गरी तिनको समुचित प्रयोग गरेको छ ।

सहायक प्रधानाध्यापक पोखरेल भन्छन् ‘हामी हाम्रा शिक्षक साथीहरुको मेहनत र विद्यालयप्रतिको समर्पणभावका लागि भित्री ह्दयदेखि नै वहाँहरुलाई सलाम गर्न चाहन्छौं । हामी हाम्रा स्टाफप्रति गौरव गर्छौं । अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने कार्य सबैका लागि उत्तिकै सहज कुरा थिएन । तर विद्यालयले अघि सारेको योजनालाई शिक्षक साथीहरुले सहर्ष स्वीकार गर्नुभयो र चुनौतीलाई अवसरमा बदल्दै रातदिन मेहनत गरेर आफूलाई सक्षम तुल्याउनु भयो । वहा“हरुकै अथक लगन, निष्ठा र विद्यालयप्रतिको समर्पणभावका कारण नै आज हामी निःशुल्क रुपमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन सफल भएका छौं ।’

सदन स्कुलको नतिजा पनि धरानका अन्य सामुदायिक विद्यालयहरु भन्दा उत्कृट रहेको पाइएको छ । २०७६ / २०७७ का एसइईको नतिजा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा भए तर परीक्षार्थीले परीक्षाहलमा बसेर लिखित रुपमा दिएको २०७५ सालको एसइईमा यसै विद्यालयकी विद्यार्थीले मात्र धरानभरिका सामुदायिक विद्यालयहरु मध्ये ए प्लस ग्रेड ल्याउन सफल भएकी थिइन् ।

पोखरेल भन्छन् ‘एक मात्र ए प्लस ग्रेड ल्याउने अर्जना खाती हाम्री विद्यार्थी हुन् । यो नतिजामा विद्यार्थीको मेहनत र विद्यालयको मार्गदर्शनको भूमिका छ । हामीले कुनै पनि शुल्क नलिई बेलुका ४ बजेदेखि ८ बजेसम्म स्कुलमै राखेर विद्यार्थीलाई २ महिना एसइईको तयारी गरायौं । शिक्षकहरुलाई पनि सहयोगका लागि अनुरोध गर्यौं । वहाँहरुले सहजै कुनै पनि अतिरिक्त पारिश्रमिक नलिई २ महिना पढाइीदनु भयो । त्यसैले हाम्रा शिक्षक साथीहरुप्रति हामी गौरव गर्छौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।