माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृ त्यु
मोरङ, श्रावण ९ । मोरङ वेलबारी नगरपालिका ६ का ६३ बर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृ त्यु भएको छ ।
हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृ त्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।


