कर्म गर्नुहोस फल आफै मिल्छ – साहित्यकार बिमला हुमागाईं “बोध”

नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि साहित्यकार, गीतकार, शिक्षासेवि तथा संचारकर्मी बिमला हुमागाईं सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन । बिगत एक दशक देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि बिमलाले संचारक्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रबर्धन गर्दै नारि हकहितमा दरिलो आवाज बनेकी ‘बिमला हुमागाईं’ बहुप्रतिभाशाली, भर्सलटाइल नारिको रुपमा परिचित छिन। भबिष्यमा शिक्षा, साहित्य, राजनीति र सामाजिक कार्यमानै आफ्नो जिबन व्यतित गर्ने सोच बनाएकी बिमला निरन्तर समाज परिबर्तनमा प्रयासरत छिन। कानुनको बिद्यार्थी समेत रहेकी बिमला हुमागाईं “बोध शर्मा” संग गरिएको संक्षिप्त कुराकानी :

-नमस्कार ! आजभोलि के गर्दै हुनु हुन्छ ?

नमस्कार, आजभोलि पुस्तक लेखन, गित संगीत, बोध इन्टरटेनमेन्ट प्रालिको दैनिक कार्य लगायत विभिन्न संघ संस्था र राजनीति गतिबिधिमा समय व्यतित गर्दैछु ।

-यति धेरै क्षेत्रमा संलग्न हुनुहुन्छ, समय ब्यबस्थापन कसरि गरिरहनु भएको छ ?

सर्बप्रथम त मानिसमा काम गर्ने इच्छाशक्ति हुनुपर्छ। समयलाई ब्यबस्थापन गर्न गाह्रो हुदैन। कोभिड-१९ र लकडाउनले मारमा परेको हाम्रो मनोरंजन क्षेत्रलाइ अगाडी बढाउन हामीनै सक्रिय हुनु पर्छ। मेरो दैनिकी एकदम व्यस्ततामा बितिरहेको छ, बिहान उठेर योगा गर्ने, दिउँसो कलेज र कार्यालय, विभिन्न कार्यक्रम, गित संगीत र साहित्य लेखन तथा नयाँ म्युजिक भिडियोहरुको छायांकनको तयारि गरिरहेकी छु । देश र समाजको लागि सेवा गर्छु भन्ने द्रिड संकल्प लिएर अगाडी बढ्दा अबस्य समय ब्यबस्थापन गर्न सकिन्छ।

-कुन बुक निकाल्ने तयारिमा हुनुहुन्छ ?

म साहित्य लेखनमा रुचि राख्ने महिला भएको हुँदा मेरो पहिलो साहित्य लेखन अधबैंसेलाइ अत्याधिक पाठकले मनपराएको हुँदा अहिले म मेरो दोस्रो प्रयास “बिग्रिएको रिदम” ल्याउने तयारिमा छु। जुन मानसिक स्वास्थ्यको बारेमा लेखिएको पुस्तक हो।

-सामाजिक कार्यमा समेत तपाइँ सक्रिय हुनुहुन्छ, के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?

म एक सामाजिक महिला हुँ, अरुको दुख पिडा देख्न सक्दिन। हामि सामाजिक प्राणि भएर जन्मे पछि समाजको लागि समेत ठोस योगदान पुर्याउनु पर्छ जस्तो लाग्छ। दु:ख, पिडामा कोहि छ भने म देख्न सक्दिन। लकडाउनको समयमा खाना वितरण देखि राहत वितरण सम्मको कार्यहरु गरेको छु। मानिस आफैले चाहेर कोहि पनि अनाथ र गरिब हुने होइन त्यसैले आफुले आर्जन गरेको रकम बाट केहि प्रतिशत सामाजिक कार्यमा लगाउने गरेकी छु।

-जीवनको अर्थ के हो ?

– जीवन आफ्नो लागि मात्र जिउनुको कुनै अर्थ हुँदैन, हामी सामाजिक प्राणी भएकोले गर्दा देश र समाजको लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्छु। यो देशलाइ समृद्ध अनि विकसित बनाउने जिम्मा हाम्रो पनि हो । काम गर्दै जाँदा कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ तर पनि हामी आफ्नो लक्ष्य बाट विचलित नभई राम्रो कामको लागि अगाडि बढ्नु पर्छ तसर्थ जीवन सुख दुख, हाँसो र रोदनको सम्मिश्रण पनि हो । जीबन एउटा निरन्तर चलिरहने प्रक्रिया हो, कर्म गर्नुहोस फल आफै मिल्छ ।

-जीवनका भोगाइहरु के हुन् ?

जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी एकदिन मर्नुनै पर्छ । तर, हामी हाम्रो जिबनकालमा कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’ जन्म पश्चात् जीवनलाई सफल बनाउनु उदेश्य प्राप्ति हो । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । इच्छाशक्ति र कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जब निराकार आत्मा, साकार शरीर, इन्द्रिय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो । जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहान्छन, तर हामीले आफुले भने जस्तो जिबन व्यतित गर्न सकिरहेको हुँदैनौ। तसर्थ सुख दुखको समीश्रणलाइ आत्मासाथ गर्दै सत्कर्म गर्नु जीवनको भोगाइ हो।

-तपाईलाइ समाज परिबर्तन गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?

म एउटा राजनीति सिक्दै गरेको महिला हो। नेपालि राजनीति तथा सामाजिक बित्रिष्णाले गर्दा समाज नकारात्मक सोचको सिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौँला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ । तर, पनि नकारात्मक विचारको ओइरो छ । हाम्रो समाजमा आलोचना गर्ने प्रवृत्ति संस्कारकै रूपमा विकास भइरहेको छ, जहाँ इन्टरनेटमा पहुँच हुनेहरूका लागि अहिले आफ्नो गुनासो व्यक्त गर्न फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल राम्रो माध्यम बनिरहेको छ । अहिलेका युवाहरुलाई भविष्य प्रति उसलाई ढुक्क बनाउन सक्नुपर्छ । काम गरेपछि सफल भइन्छ, लगानी गरेपछि नाफा हुन्छ, मिहेनत गरेपछि प्रगति हुन्छ, यात्रा प्रारम्भ गरेपछि चाहेको गन्तव्यमा अवश्य पुगिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बलियो आत्मविश्वास तयार पार्नुपर्छ । यस्तो उच्च मनोबल बनेपछि मात्रै व्यक्तिले हरेक क्षेत्रमा आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याउँछ । प्रसन्नता, उत्साह, उमंग, प्रशंसाले भरिएको समाजमा मात्रै उन्नतिको सम्भावना हुन्छ । निराशा, कुण्ठा मात्रै व्यक्त गर्ने, अरूको अनावश्यक चियोचर्चाे र आलोचना गर्ने संस्कारले सिर्जनात्मकता सम्भव हुँदैन । यसका लागि सकारात्मक सोचकै आवश्यक हुन्छ र समाज परिबर्तन हुन्छ । सामाजिक सोच, विचार, चिन्तन र व्यवहार गतिशील प्रक्रिया हो । समयक्रममा रुपान्तरण अवश्यम्भावी छ । सामाजिक रुपान्तरण सामाजिक विकासका लागि अपरिहार्य छ ।

– अन्त्यमा सोध्न छुटेको र भन्न चाहेको केहि कुरा हरु छन् कि ?

मलाई तपाईहरुको लोकप्रिय संचारमाध्यममा आफ्नो कुरा राख्ने मौका दिनु भएकोमा धन्यबाद दिन चाहन्छु। अहिले मुलुक राजनीतिक, आर्थिक संकटमा फसेको छ । दुरदर्सि नेतृत्व देशले नपाउँदा सम्पूर्ण जनताले कष्ट भोग्नु परेको छ। चांडैनै जनताहरुले सुख शान्तिको अनुभूति गर्न पाएको खण्डमा मुलुक सम्बृदीको बाटोमा उन्मुख होला जस्तो लाग्छ। अबको अबस्थामा हामी आफै चेतनशील भएर मुलुक र समाज परिबर्तनको लागि अग्रसर हुनु पर्छ। तसर्थ समाज परिबर्तन गर्न हामि आफै बाट सुरु गरौँ। आजको विषम परिस्थितिमा एक अर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक पनि अपिल गर्दछु । गित संगीत, चलचित्र, मोडलिङ र पत्रकारिता क्षेत्रलाइ ब्यबस्थित बनाउन हामि आफै लागि पारौं।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖