मर्दी हिमाल पुग्न नयाँ ‘ट्रेकिङ रुट’

कृष्ण दवाडी कास्की, २१ साउन । विश्व प्रसिद्ध मर्दी हिमाल जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी नयाँ ‘ट्रेकिङ रुट’ विकास गरिएको छ । पोखरा महानगरपालिका–२५ मेलबोटबाट अस्तामसम्मका विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माण गरी मर्दी हिमाल पुग्ने पदयात्रामार्गका रूपमा विकास गरिएको हो ।

मेलबोटबाट पदयात्रा शुरु भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालिमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षमा रु १० लाख बजेट र जर्मनस्थित एक विदेशी संस्थाको रु चार लाख ५० हजार आर्थिक सहयोगमा मेलबोटबाट अस्तामसम्मका विभिन्न स्थानको अप्ठ्यारो ठाउँमा हालसम्म ५०० मिटर पैदलमार्ग निर्माण गरिएको छ ।

पछिल्लो समय पदयात्रा पर्यटकको रोजाइमा परेको मर्दी हिमाल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकलार्ई लक्ष्य गरी पर्यटकीय पूर्वाधार निर्माण गरिएको मेलवोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक एवं अग्रज पर्यटन व्यवसायी विश्व अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अव्यवस्थित सडक पूर्वाधार निर्माणबाट पदयात्रामार्ग हराउँदै गएको र पदयात्रा अवधिसमेत छोटिदै गएकाले मेलबोटबाट नै पदयात्रा शुरु गर्न सकिने गरी मर्दी हिमाल जाने नयाँ रुटको खोजी गरिएको हो । ढुङ्गाको छपनी बिछ्याएर दुई मिटर फराकिलो पैदलमार्ग निर्माण गरिएको छ ।

अहिले मेलबोटबाट विकास गरिएको पदयात्रामार्गलाई अस्तामसम्म मोटरबाटोले नछुने भएकाले रमणीय जङ्गलका बीचबाट पदयात्रा गर्दै पर्यटकले आनन्द लिने विश्वास गरिएको हो । मर्दी हिमाल जानका लागि हाल माछापुच्छ«े गाउँपालिकाको धम्पुस, कालिमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अस्ट्रेलियन क्याम्पसम्म गाडीमा पुगेर पदयात्रा शुरु गर्न सकिन्छ । समितिको अग्रसरतामा मेलबोटबाट नै पदयात्रा शुरु गर्ने गरी नयाँ पदयात्रामार्गको खोजी गरेर पैदलमार्ग निर्माण गरिएको हो ।

“मेलबोटबाट शुरु गर्ने गरी हामीले नितान्त नयाँ पदयात्रामार्गको खोजी गरेर पूर्वाधार निर्माण गरिरहेका छौँ”, अधिकारीले भन्नुभयो, “सुनझाँक्रीको थान, लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले यसमार्गमा पर्यटकलाई आनन्दित तुल्याउने विश्वास लिएका छौँ ।”

नयाँ विकास गरिएको पदयात्रामार्गले बसाइ लम्ब्याउनाका साथै ग्रामीण संस्कृति, जीवनशैली र ध्यान (मेडिटेशन)मा पर्यटकलाई आकर्षित गर्ने बताइन्छ । मेलबोटबाट अस्तामसम्को सात किमी पदयात्रामार्गका अधिकांश स्थान समथर छन् । पदयात्रामार्गलाई साइकल चलाउन मिल्ने गरी बनाउने योजना रहेको समितिले जनाएको छ ।

हाल उपलब्ध बजेटबाट अप्ठ्यारो स्थानमा ढुङ्गाको छपनी राखेर सहज बनाइएको भए पनि धितालसम्म नै पैदलमार्गका लागि रु ५० लाख बजेट आवश्यक रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । बजेटका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारसँग आग्रह गरिएको बताइन्छ ।

समितिले हालका लागि धितालसम्म मात्र पैदलमार्गको योजना अघि बढाए पनि सरकारले विस्तृत आयोजना प्रतिवेदन तयार गरी मर्दी हिमालसम्म नै साइकल चलाउन मिल्ने गरी पैदलमार्गको सम्भाव्यता अध्ययन गर्नुपर्ने समितिका सचिव कृष्णबहादुर कुँवर बताउनुहुन्छ । मर्दी हिमालसम्म साइकल चलाउन मिल्ने गरी पैदलमार्ग बनेको खण्डमा यसले पर्यटकलाई थप आकर्षित गर्ने विश्वास लिइएको उहाँको भनाइ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।