बिनम्र बन्नुस तर कमजोर नबन्नुस- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

बिराटनगर,श्रावण २७ । संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनु भएको छ । आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै वँहाले उक्त कुरा बताउनु भएको हो ।

प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरीकहरुलाई प्रत्याभुत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन तथा बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा काम कारवाही गर्न निर्देशन दिनु भयो ।

अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसंग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिल्लाको बारेमा प्रस्तुतिकरण गरेका थिए भने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. ले समग्र प्रदेशको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

प्रस्तुतिकरण पश्चात प्रहरी प्रमुखहरुलाई निर्दैशन दिनुहुँदै प्रहरी महानिरीक्षक थापाले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन तर्फ बिशेष ध्यान दिन साथै लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तर्फ बिशेष चनाखो हुन र महिला तथा बालबालिका माथी हुने हरेक घटनालाई गम्भिरता पुर्वक लिन समेत निर्देशन दिनु भयो ।

वहॉंले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्न समेत निर्देशन दिनु भयो ।

यसका साथै बर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा रहन तथा COVID-19 को रोकथाम तथा नियन्त्रण तर्फ बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भयो ।

प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको समेत निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरु समेतलाई निर्देशन दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।