जंगली हात्तीको आ’क्रमणमा परी एक जनाको मृ त्यु
सुनसरी, श्रावण २८ । सुनसरी कोशी गाऊपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आ क्रमणमा परी मृ त्यु भएको छ ।
आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आ क्रमण गर्दा खत्वेको घटनास्थलमै मृ त्यु भएको छ ।
घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाश पोष्ट मार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाएको छ ।


