पाँच पत्रकारलाई लेखनवृत्ति प्रदान

पाँचथर, २९ साउन । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले राष्ट्रिय समाचार समिति (रासस)का पाँचथर प्रतिनिधि रवीन्द्र काफ्लेसहित जिल्लाका पाँच पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ प्रदेश कार्यसमितिको सहयोगमा शाखाले राससकर्मी काफ्लेसहित पत्रकार तुलसी क्षितिज, विजयबोध लावती, भीमकुमार बाँस्कोटा र दुर्गा खनाललाई लेखनवृत्तिबापतको चेक हस्तान्तरण गरेको हो । लेखनवृत्तिको रकम बिहीबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा चेकमार्फत शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले हस्तान्तरण गर्नुभयो ।

कोभिड–१९ सङ्क्रमित तथा कोभिड–१९ को महामारीले समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित प्रतिव्यक्ति रु १० हजार राशिको लेखनवृत्ति प्रदान गरिएको शाखाका अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । लेखनवृत्ति पाएका पत्रकारले कोभिड–१९ सम्बन्धी सचेतनामूलक न्यूनतम दुई वटा विस्तृत समाचार सामग्री तयार पारेका थिए । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖