छिट्टै पार्टी एक ढिक्का हुन्छ,अध्यक्ष ओली नै हो;सुरेन्द्र पाण्डे
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएको र कानूनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् ।
उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए ।
प्रेस चौतारी नेपालले सर्लाहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पाण्डेले मिडियाले एमाले आजै फुट्यो अहिलै फुट्यो भने झैँ अवस्था नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढङ्गले छलफल गरिरहेको जानकारी दिए ।
यो पनि पढ्नुहोस..
चरीकोट,दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आ,गलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो ।
आ,गलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिनुभयो ।
भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आ,गो नियन्त्रणमा लिइएको थियो ।


