पूर्वमन्त्री र स्वास्थ्य राज्य मन्त्री समक्ष धनकुटामा कोरोना विरुद्धको खोप तथा अस्पतालमा दक्ष जनशक्ति तत्काल व्यवस्था गर्न माग

श्रावण ३१,धनकुटा । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल थापा सँग धनकुटाको प्रतिनीधि मण्डलले भेट गरी धनकुटा अस्पताल लगायत जिल्लाका स्वास्थ्य संस्थाहरुमा जनशक्ति र कोरोना विरुद्धको खोप तत्काल पठाउन माग गरेको छ ।

कांग्रेस सह-महामन्त्री तथा पूर्व मन्त्री थापा सँग पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,नेपाल टे«ड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा, पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतको टोलीले भेटघाट गरी धनकुटामा कोरोना विरुद्धको खोप तत्काल पठाउन र धनकुटा अस्पताल तथा जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति पठाउनका पहल गरीदिन अनुरोध गरेका छन् ।

पूर्व मन्त्री तथा कांग्रेस सह-महामन्त्री थापा सँगको भेटमा कांग्रेस नेताहरु किरण गिरी, विष्णु विक्रम थापा लगायतको समेत उपस्थिति थियो ।

टोलीले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ सँग पनि भेट गरी धनकुटा अस्पतालमा विशेषज्ञ सहितको दक्ष जनशक्ति तत्काल पठाउन र कोरोना विरुद्धको १ लाख ७० खोप समेत जिल्लामा पठाउन माग गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।