प्रदेश नं १ प्रदेशसभा बैठक : पूर्वगोर्खाले समान पेन्सनसहितको १३ सुत्रीय माग राखी गरिएको आमरण अनशनप्रति एकबद्धता

मोरङ, ३२ साउन । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सरकार मातहतका, स्थानीय सरकार, सङ्घसंस्थाका मानवीय जनशक्तिलाई सक्षम बनाउन प्रशिक्षण प्रतिष्ठान महसुस गरेअनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’ ल्याएको बताउनुभयो ।

उहाँले प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आज बैठममा प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम उक्त विधेयक प्रस्ताव स्वरूप आज सदन समक्ष प्रस्तुत गर्नुभयो । विधेयक प्रस्तुत गर्दै मन्त्री कार्कीले यो स्टफ कलेजको स्वरूपमा रहने छ भने यसको केन्द्रीय कार्यालय झापा चन्द्रगढीको कलवलगढीमा रहने जानकारी सदनलाई दिनुभयो ।

यसैगरी प्रदेश–१ प्रदेशसभा नियमावली २०७४ को नियम ९४ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टङ्कबहादुर आङ्बुहाङ (लिम्बु) ले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ माथिको दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभयो ।

पूर्वगोर्खाले समान पेन्सनसहितको १३ सुत्रीय माग राखी गरिएको आमरण अनशनप्रति एकबद्धता जनाउँछु भन्नुहुँदै उहाँले नेपाल सरकार, सम्पूर्ण कर्मचारीले आन्दोलनप्रति समर्थन जनाउन आग्रह गर्नुभयो । यस्तै सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले तयार पारेको आव २०७७/७८ को वार्षिक प्रतिवेदन सदन समक्ष पेश गर्नुभयो ।

शून्य समय

प्रदेशसभाको बैठकको शून्य समयमा सदस्य उपेन्द्रप्रसाद घिमिरे अव्यवस्थित खोला उत्खनन्, भ्रष्टाचार नियन्त्रण, विराटनगरका निजी र सरकारी कोभिड–१९ अस्पतालमा बिरामीलाई आइसियु उपचारको क्रममा एक परिवारजन सदस्यलाई राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उमिता विश्वकर्मा पीसीआर परीक्षण स्थलमा सङ्क्रमितको फोक्सोको एक्सरे व्यवस्था मिलाउन सकेमा धेरै नागरिकको ज्यान जोगाउन सकिनेमा सदनको ध्यानाकर्षण गराउनुभयो । मोहम्मद ताहिर मियाँले सुनसरी जिल्ला क्षेत्र नं ४ अन्तर्गत इनरुवा नगरपालिका–९, भुटाहा–१ , हरिनगर –२ र गोविन्दपुर–४ वडामा वाटो जीर्ण अवस्थामा रहेकाले अविलम्व निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।