नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग

कञ्चनपुर, ४ भदौ । बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो ।

एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू गरिएको छ । बेमौसमी तरकारी खेती गर्ने ८० किसानलाई टमाटर, काउली, बन्दागोभीलगायत तरकारीको बीउ र जैविक मल दिइएको छ ।

तरकारीका बिरुवाको नर्सरी तयार गर्नका लागि २० किसानलाई टमाटर, काउली, बन्दाको बीउ र जैविक मल तथा विषादी दिइएको छ । त्यसैगरी खुर्सानी खेती गर्ने ५० किसालाई खुर्सानीको बीउ, मल र विषादी दिइएको छ ।

पोली हाउसभित्र तरकारी खेती गर्ने ३० किसानलाई टमाटर, करेला, मल, बीउलगायत दिइएको छ ।

त्यसैगरी हल्दी र अदुवा खेती गर्ने ६५ किसालाई समेत मल हस्तान्तरण गरिएको छ । यसअघि गत वर्ष ती किसानलाई औजार, प्राविधिक सहयोग, दक्ष तालिम, आवश्यक साम्रगी सहयोग गरिएको थियो ।

किसानले उद्यमी भई तीनदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आइरहेका स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।