तीन कृषि उपज र आलु सङ्कलन केन्द्र निर्माण

म्याग्दी, ६ साउन । यसवर्ष चार कृषि उपज र आलु सङ्कलन केन्द्रको भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले सङ्कलन केन्द्र स्थापना गरिएको हो ।

कृषि ज्ञान केन्द्रको सहयोगमा तीन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत एक कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको हो । दुई कृषि उपज र दुई आलु सङ्कलन तथा भण्डारणका लागि भवन निर्माण गरिएको हो ।

कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–४ बास्कुनामा कृषि उपज, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी र वडा नं ८ घ्याँसीखर्कमा आलु सङ्कलन केन्द्रको भवन निर्माण गरिएको कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पूर्वाधार विकास कार्यालयको सहयोगमा कृषिउपज सङ्कलन केन्द्रको भवन निर्माण गरिएको हो ।

“गाउँका किसानले थोरै थोरै मात्रामा उत्पादन गरेका कृषि उपज केन्द्रमा सङ्कलन गरेर बजार पठाउन सहयोग पुगोस् भनेर सङ्कलन केन्द्र बनाएका हौं”, कृषिप्रसार अधिकृत पाण्डेले भन्नुभयो, “आलुको बीउलाई सुरक्षित रुपमा भण्डारण गरेर गुणस्तरीय बनाउन बीउ भण्डारण केन्द्रले सहयोग पुग्छ ।”

सुन्तला, दूध र तरकारी खेतीको पकेटक्षेत्र बास्कुनामा कृषि उपज सङ्कलन निर्माणका लागि केन्द्रले रु सात लाख ७४ हजार अनुदान सहयोग गरेको थियो । दुई कोठे भवनमा तरकारी तथा दूध सङ्कलन गरेर बजार पठाउने र बजारबाट ल्याइने बीउ, मल भण्डारण गरेर राख्ने गरिएको बास्कुना कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताउनुभयो ।

यसैगरी आलु पकेट क्षेत्र ठाडाखानीमा दुई कोठे आलु बीउ सङ्कलन र भण्डारण भवन बनाउन केन्द्रले रु पाँच लाख ९९ हजार ४०० सहयोग गरेको छ । करिब दश हजार किलो आलुको बीउ भण्डारण गर्न सकिने दुई कोठे भवन बनाइएको ठाडाखानीको भिरकुना किसान समूहका अध्यक्ष भमाया बुढाथोकीले बताउनुभयो ।

झिङ्खानी व्यवसायिक कृषि उपज उत्पादन केन्द् (ब्लक) आयोजना सञ्चालक समितिले घ्याँसी खर्कमा १४ मिटर लम्बाइ र छ मिटर चौडाइ भएको आलु सङ्कलन केन्द्रको भवन बनाएको छ । रु आठ लाखको लगानीमा निर्माण गरिएको भवनमा स्थानीय किसानले उत्पादन गरेको आलु सङ्कलन गरेर बजार पठाउने व्यवस्था मिलाइने समितिले जनाएको छ ।

यसैगरी तरकारी र आलुको पकेटक्षेत्र मानिएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु दश लाख सहयोगमा कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण गरिएको छ । मनिबराह बहुउद्देश्यीय किसान समूहका अध्यक्ष लोकबहादुर पूर्जाले दुई तले भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖