‘एकतामा ओली बाधक’

काठमाडौँ । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू केपी ओली प्रवृत्तिविरुद्ध विगतदेखि जुध्दै आएको र अहिले ओली दक्षिणपन्थी शक्तितिर लागेपछि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्। उनले दक्षिणपन्थी शक्तिहरूसँग ओलीको साँठगाँठ भएकाले पार्टी पुनर्गठन गर्नुपरेको प्रष्ट्याए। ओलीले पार्टी एकताका सबै ढोका बन्द गरेको आरोप पनि नेपालले लगाए।

चन्द्रागिरि हिल्समा केन्द्रीय सदस्यहरूसँगको छलफलका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले एमालेभित्र दक्षिणपन्थी र क्रान्तिकारी गरी दुई धार देखिएको बताए। क्रान्तिकारी धार लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर अघि बढ्ने पक्षमा रहेको तर दक्षिणपन्थी धारको नेतृत्व गरेका पार्टी अध्यक्ष ओली बाधक बनेको बताए।

ओलीले पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पारेको आरोप उनले लगाए। ‘यसक्रममा दक्षिणपन्थी शक्तिहरूसँग उहाँ (ओली)को साँठगाँठ बढ्न थाल्यो। यसैक्रममा विभिन्नखालका दक्षिणपन्थी तत्वहरू, समूहहरूसँग उहाँको गठबन्धन भयो। यसले गर्दा पार्टीभित्र दुईवटा धार देखिए। एउटा दक्षिणपन्थी धार देखियो भने अर्को क्रान्तिकारी धार देखियो। एउटा लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर जाने, अर्को दक्षिणपन्थीसँग सम्झौता गरेर जाने। उहाँ पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पार्ने सोचमा हुनुहुन्थ्यो, हुनुहुन्छ’, नेपालले भने। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖