गृहमन्त्रीद्वारा बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी

काठमाडौँ, ९ भदौ गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानकारी लिनुभएको हो ।

मन्त्री खाँणको जिज्ञासामा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र भारतीय टोली आएर काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्थामा पुग्ने जानकारी गराउनुभएको छ ।

अन्य आवश्यकपर्ने भवन र भौतिक संरचना तयार भएका र फिनिसिङको काम भइरहेको जानकारी गराउनुभयो ।

मन्त्री खाँडको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरुआत भएपछि आन्तरिक उडानमा कस्तो चाप पर्छ भन्ने जिज्ञासामा महानिर्देशक पोखरेलले खासै असर नगर्ने जानकारी गराउनुभएको थियो ।

उहाँहरुले विमानस्थल निर्माणको प्रगति, देखिएका समस्या, अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या तथा रातजनीतिक तहबाट समाधान गर्ने विषयबारे मन्त्री खाँणलाई अवगत गराउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।