बेलायतमा सङ्क्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड

लण्डन, १९ भदौ । बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोनाभाइरसका कारण मृ,त्यु भएको छ । अहिलेसम्म मृ,त्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ ।

बेलायतमा सङ्क्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड दिन थालिएको छ । सरकारले खोपका लागि सबैलाई आह्वान गरिरहेको छ भने बालबालिकालाई पनि खोप लगाउने गृहकार्य भइरहेको छ ।

विज्ञले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउनु उपयुक्त हुने सुझाव पनि दिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।