मनग्ये आम्दानी हुने भएपछि सिंगो गाउँमा सिमी खेती

सुरेश परियार/ हुम्ला, २० भदौ । जिल्लाको मध्य क्षेत्रको फुचा गाउँमा सिमी खेती सुरु गरिएको छ। अन्य उत्पादनभन्दा सिमीबाट बढी आर्थिक लाभ लिन सकिने देखिएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । गाउँवासीलाई सहकारीले सहजीकरण गरेको छ ।

सर्केगार्ड गाउँपालिका–८ को फुचा गाउँका नुर्बु बुढाले यसअघि अन्य बाली लगाउने जग्गामा यसपटक सिमी खेती सुरु गरेको बताए। साढे पाँच रोपनी खेती गर्ने जग्गामा लिमी लगाउन सुरु गरेका उनले आम्दानी राम्रो हुने देखिएपछि खेतीकै रुपमा सिमी लगाएका हुन्।

यसअघि आफ्नै प्रयोगका लागि मात्र सिमी लगाउने गरिएकोमा सहकारीले आफ्ना सदस्यहरुलाई अनिवार्य खेतीका रुपमा सिमी लगाउन सहजीकरण गरेको थियो।गाउँभरिको जग्गा अहिले सिमी खेतीमय भएको छ। खेती पनि राम्रो सप्रेका कारण आम्दानीमा बवद्धि हुने देखिएकाले स्थानीय यसप्रति आकर्षित हुन थालेका हुन्।

स्नोल्यान्ड एकीकृत विकास केन्द्रका कृषि प्राविधिक गंगबहादुर बुढाले गाउँभरि ७० रोपनी जग्गामा पहिलोपटक सिमी लगाएको र सिमी राम्रो फलेको बताए। आयआर्जन गरेर आम्दानी बढाउने लक्ष्य राखेर गाउँबासी नै सिमी खेतीमा लागेको र उक्त क्षेत्रमा सिमी खेतीका लागि राम्रो सम्भावना रहेको उनको भनाइ छ ।

गाउँमै प्रतिकेजी १२० रुपैयाँ मूल्य पाउने भएकाले अन्य बालीभन्दा सिमी लगाउन सबै किसान हौसिएका हुन् । हिमाली अर्गानिक कृषि सहकारीमा आबद्ध रहेका सदस्यहरु सबैले सिमी खेती लगाएका छन्। गाउँमा २६५ घरधुरी छ। यसका लागि गुडनेवर्स इन्टरनेसनल नेपालको आयआर्जनअन्तर्गतको घुम्ती कोषबाट सहयोग प्राप्त भएको छ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖