नेपाल प्रहरीकी पार्वतीलाई स्वर्ण

काठमाडौँ, २० भदौ । नेपाल प्रहरीकी पार्वती गुरुङले १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक जितेकी छिन् ।

नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको उक्त प्रतियोगितामा उनले महिला एकलको १८–३५ वर्षमा ७.१३ अङ्क जोड्दै स्वर्ण पदक हात पारेकी हुन् ।

त्यस्तै आर्मीकी सिना मादेनले दोस्रो स्थान हात पारिन । सिनाले ६.८४ अङ्क जोडिन् । आयशा शाक्य ६.६१ तथा प्रशंसा क्षेत्री ६.५४ अङ्क बटुल्दै तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता हुन्। आयशाले १३ औँ सागमा दोहोरो स्वर्ण जितेकी थिइन् ।

प्रतियोगिताको पुरुष एकल १५–१७ वर्षमा गोदावरी इन्टरनेसनलका श्रृजल श्रेष्ठले ६.३८ अङ्क जोड्दै शीर्ष स्थान हात पारे । छ दशमलव ३४ अङ्क जोड्दै आर्मीका सुजन श्रेष्ठ दोस्रो भए।

मूलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेल र चन्द्रसूर्यका यज्ञ राईले तेस्रो स्थानमा चित्त बुझाए । महिला एकलको १२–१४ वर्षमा कोटेश्वरकी सन्ध्या लामा (६.५९ अङ्क) ले स्वर्ण तथा गोदावरीकी सर्गम थापा (६.२८ अङ्क) ले रजत जिते । स्यूचाटारकी रोशनी शाह र सुप्रिमकी तारा वाइबाले संयुक्तरूपमा कास्य जिते ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।