अफगानिस्तानमा तालिबानद्वारा नयाँ सरकार घोषणा, मुल्लाह मोहम्मद हसन नयाँ प्रधानमन्त्री

काबुल, २३ भदौ/अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन् । काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन् । त्यस्तै, उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । बरादर तालिबान समूहका सहसंस्थापक समेत हुन् । उनी यसअघि कतारको राजधानी दोहामा अमेरिका र तालिवानबीच सम्पन्न शान्तिवार्तामा सहभागी हुँदै आएका थिए ।

समूहका अनुसार नयाँ मन्त्रिपरिषदमा सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन् । उनी हक्कानी सञ्जालका प्रमुख समेत हुन्। त्यस्तै, कार्यबहाक रक्षामन्त्री मुल्लाह याकुब र कार्यबहाक विदेशमन्त्री आमिर खान हुनेछन् ।

तालिवानले गत शुक्रबार नै नयाँ सरकार गठन गर्ने बताए पनि आन्तरिक विवादका कारण सरकार गठनमा ढिलाइ भएको हो ।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए । अन्तर्राष्ट्रिय समर्थन खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु तालिबान सरकारको मुख्य मुख्य काम हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।