अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

अबु धाबी, २४ भदौ । अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका थिए । देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर माफी मागेका हुन् ।

जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर राजधानी काबुलमा थप हिंसा नहोस् भनेर नै दोस्रो मुलुक गएको उनको भनाई छ ।

अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर कुम्ल्याएर देश छाडेको आरोप भने उनले अस्विकार गरेका छन् । काबुल छोड्दा गनीले लाखौं डलर रकम सुटकेसमा राखेर लगेको भनिएको एउटा भिडियो भाईरल भएको थियो ।

गनीले तालिबान सरकारबारे कुनै टिप्पणी गरेका छैनन् । अमेरिकाका विश्वासपात्र गनी सन् २०१४ र सन् २०१९ मा गरी दुई पटक अफगानिस्तानको राष्ट्रपति भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।