कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर २५ हजारमा झर्यो

नयाँ दिल्ली ,२९ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार विहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी, आइतबार सार्वजनिक गरिएको विवरणमा २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ३३९ जनाको मृ,त्यु पनि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती मध्ये केरला राज्यमा मात्रै ९९ जनाको मृ,त्यु भएको तथ्याङ्क छ । केरलामा थप १५ हजार ५८ जना नयाँ सङ्क्रमित थपिएका छन । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३२ लाख ८७ हजार ५७९ पुगेको छ भने कुल मृ,तकको सङ्ख्या चार लाख ४३ हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा झण्डै २५ हजार जना नयाँ सङ्क्रमित हुँदा ३७ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकहरुको सङ्ख्यामा झण्डै १२ हजारले बढी देखिएको छ । दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको छ ।

पछिल्लो विवरणअनुसार भारतमा अहिले तीन लाख ६२ हजार २०७ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या दैनिक घट्दै गएको छ । भारतमा अघिल्लो दिन तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यो सङ्ख्या ८१ दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।