भारतमा थप २७ हजार सङ्क्रमित

नयाँ दिल्ली ,३० भदौ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृ,त्यु भएको छ ।

कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन् । त्यसैगरी केरलामा मृ,त्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । ती मध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।