एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित

नयाँदिल्ली ,३१ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।

बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ ।

बुधबारसम्म चार दिनसम्म एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएका थिए । ती बिहीबार भने त्यो सङ्ख्या बढेर ३० हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख ४७ हजार ३२५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतको केरलामा मात्रै १७ हजार ६८१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम भएको ८१ दिन भएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख ४२ हजार ९२३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८ हजार ३०३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड २५ लाख ६० हजार ४७४ रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।