विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

काठमाडौं, १ असोज /आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ । यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जित निकाल्ने दाउमा हुनेछ ।

यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो । यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।