जुर्मुराउँदै आ’गला’गीमा परेको दोभान बजार

दिलकुमार लिम्बू/ताप्लेजुङ, ४ असोज । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार पछिको दोस्रो ठूलो दोभान बजार स्थापित हुदै गएको छ । सात महिनाअघि आ’गला’गीले ध्व’स्त बनेको संरचनाहरूको पुनर्निर्माण हुन थालेसँगै दोभान बजार पूर्नस्थापित हुदै गएको हो ।

मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको संगमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत १९ फागुनमा बिहान भी’षण आ’गला’गी भएको थियो । ५० घर पूर्णरूपमा ध्व’स्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आ’गला’गीले ख’ण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरुप अर्थात् मुहार फेरिँदै गएको छ ।

हालसम्ममा ७० प्रतिशत संरचनाहरू पुनर्निर्माण भएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।

करिब डेढ दर्जनभन्दा बढी घर संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिबेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोर पारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको छ ।

साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको बराइली बताउँछन् । ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्लिसो, अदुवा लगायत निकासी हुने सबै वस्तुहरू दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ । यसरी जिल्लाको एक मुख्य व्यापारिक केन्द्रको रूपमा दोभान बजार रहेको छ ।

व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनर्स्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ । आ’गला’गीबाट ४० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।