सुनसरीमा ब्राउन सुगर सहित ३० वर्षीय राई पक्राउ
सुनसरी । सुनसरीमा लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक २६ गते बिहान ११ बजे बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट स्थानीय ३० वर्षीय समुएल राई पक्राउ परेका हुन्।
अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले शंका लागेर नियन्त्रणमा लिन खोज्दा भाग्ने क्रममा लडेर उनी सामान्य घाइते भएका थिए। त्यसपछि उनको शरीर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने १ ग्राम ८० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई उक्त पदार्थसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


