मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो

खोटाङ, ५ असोज । वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको विभिन्न सडक खण्ड पहिराेले भत्किएको छ । केही समयअघिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको दाम्दे खोला, भुलभुले धाम, बुवासुङलगायतका ठाउँमा सडक भत्किएको हो । गत असारमा निर्मलीडाँडाको दाम्दे खोला नजिक सडकको करिब ५०-६० मिटर खण्डको एक लेन भत्किएको थियाे ।

ढलान गरिएको लेन भत्किएर पहिरो खस्दा सोभन्दा मुनिको खेत पुरिएको छ । हाल सो स्थानमा छेउतिरकाे लेनबाट सवारी साधन वारपार गरिरहेका छन् । निर्माण कम्पनीले कमजोर संरचना बनाएका कारण मध्यपहाडी लोकमार्गका विभिन्न सडक खण्ड भत्किएको दोर्पाचिउरीडाँडा बुवासुङका स्थानीय गजेन्द्र राईले बताए ।

केही समयअघि नेर्पास्थित भुलभुले धाम नजिकै सडकको करिब ५०-६० मिटर खण्ड भासिएको छ । सो स्थानमा तारजालीसहितको पर्खाल नै लच्किएको छ ।भुलभुले धाम-नेर्पाकै बीचमा करिब ८०-९० मिटर खण्ड मेसिनरी वाल लच्किएर तल पुगेको छ । मध्यपहाडी लोकमार्गकै विभिन्न खण्डमा पहिरो जाँदा यात्रु जोखिम मोलेर यात्रा गर्न वाध्य छन् । पहिरोका कारण सडक थुप्रै ठाउँमा भत्किदा पनि निर्माण कम्पनीले मर्मतमा ढिलासुस्ती गरेको राईले बताए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर)को काम भरतमैनाचुली सिद्धिसाई जेभी तथा सेखुवा–दिक्तेल (३६ किलोमिटर) सडक कालोपत्रेको काम रमन–गोल्डेन गुड जेभीले गरिरहेको छ । चखेवाभञ्ज्याङ–सेखुवा खण्डमा काम निकै सुस्त छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।