खार्ताम्छाका जीतबहादुर खोक्मामा मृ त भेटिए

खोटाङ, ५ असोज । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीका ५४ वर्षीय जीतबहादुर राई मृ त फेला परेका छन् । शनिबार काम विशेषले घरबाट हिँडेका राई केपिलासगढी गाउँपालिका-३ बाँसपानीको खोक्मामा मृ त फेला परेका हुन् ।

घरबाट हिँडेपछि सम्पर्क विहीन बनेका राई सोमबार खोक्माको जालपादेवी नजिकै सडकभन्दा एक कान्लामाथि मृ त फेला परेको स्थानीय प्रताप राईले जानकारी दिए ।

प्रहरीले घट्नास्थल सुरक्षित गरेर अनुसन्धान अघि बढाएको जनाएकाे छ । घट्नाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी घट्नास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।