दशैंकाे मुखमा चिनियाँ नाकामा रोकिए नेपाली व्यवसायीका कन्टेनर

सम्झना कार्की/सिन्धुपाल्चोक, ५ असोज । दशैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो ।

नेपाल-चीन सडकमार्गमा सवारी आवागमन प्रभावित हुँदा सामान ल्याउन समस्या भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए । नाकामा सहजीकरण गर्न र व्यापार सहज बनाउन अवरुद्ध सडक र लगातारको वर्षाका कारण सडक सञ्चालनको काम सार्थक बन्न सकेको छैन ।

भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ । नेपाली व्यापारीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । नाकाबाट नेपालीको आउजाउमा प्रतिबन्ध छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मतमा सरकारको ध्यान जान सकेको छैन ।

तातोपानी भन्सार कार्यालयमा असार महिनामा ११ करोड ३९ लाख राजश्व संकलन भएको छ । साउनमा सात करोड २१ लाख राजश्व संकलन भएको छ । गत वर्षको साउनमा तीन करोड ४८ लाख राजश्व उठेकोमा यस वर्ष सात करोड २१ लाख संकलन भएकाले निकै प्रगति देखिएको अधिकृत ढकालले बताए । गत वर्षको सालमा कोभिड र बाढीपहिरोले सडक सञ्चालन नहुँदा खासै सामान नभित्रिएकाले राजश्व कम उठेको भन्सारले जनाएको छ ।

तातोपानी र केरुङ नाकाबाट सामान आयातमा समस्या देखिएपछि व्यापारीले समुद्रीमार्गबाट सामान ल्याउन लागेका छन् । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा केरुङ र तातोपानी सडकमा पटक–पटक पहिरो चल्दा निम्तिएको सडक अवरोधलगायत कारणले सामान ल्याउन ढिलाइ भएको हो ।

सडकमार्ग हुँदै आयात गरिएको सामान १५ दिनमै नेपाल आइपुग्छ । आयातमा लगाइएको सीमाका कारण यस वर्ष पनि दशैंका सामान झिकाइएका हजारभन्दा बढी कन्टेनर तातोपानीतर्फको खासा र रसुवातर्फको केरुङमा थन्केका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिदा आयातकर्ताले मालसामान दशैंमा बेच्न पाउने आश मार्न थालेका छन् ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।