बडिमालिकाकी उपप्रमुख विष्टको वार्षिक मोबाइल खर्च ७२ हजार !

जीवन कैला/बाजुरा, ५ असोज । बाजुराको बडिमालिका नगरपालिकाका जनप्रतिनिधिले आर्थिक वर्ष ०७६/७७ मा एक करोड रुपैयाँभन्दा बढी रकम सुबिधा बपत लिएका छन् । यहाँका जनप्रतिनिधिहरूले विभिन्न सेवा सुविधा शीर्षकमा एक वर्षमा एक करोड एक लाख १७ हजार पाँच सय २९ रुपैयाँ लिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी सुविधा बुझ्नेमा नगर उपप्रमुख कविता विष्ट रहेकी छन् । उनले बैठक भत्ताबापत १२ हजार, यातायात खर्च शीर्षकमा एक लाख २० हजार, टेलिफोन मोबाइलमा ७२ हजार, पुस्तक पत्रपत्रिका, इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरणमा एक लाख आठ हजार, अतिथि सत्कारमा एक लाख २० हजार, खानेपानी, बिजुली तथा सरसफाइमा ४२ हजार, चाडपर्व खर्च शीर्षकमा २५ हजार गरी पाँच लाख ४७ हजार लिएको उल्लेख छ ।

नगरप्रमुख पदम बडुवालले बैठक भत्ताबापत १२ हजार, टेलिफोन सेवा शीर्षकमा ८४ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ७८ हजार, समन्वय तथा सहजीकरण एक लाख २० हजार, अतिथि सत्कारमा एक लाख ३२ हजार, खानेपानी बिजुली तथा सरसफाइबापत ४८ हजार र चाडपर्व खर्च शीर्षकमा २७ हजार पाँच सय लिएका छन् । उनले यातायात खर्च शीर्षकमा भने रकम लिएका छैनन् । नगरप्रमुख बडुवालको जम्मा खर्च चार लाख ८९ हजार पाँच सय रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ ।

वडाअध्यक्षहरूलाई ३१ सुविधा
नगरपालिकाका वडाअध्यक्षहरूले पनि प्रतिव्यक्ति बैठक भत्ताबापत ६ हजार दुई सय लिएका छन् । यातायात खर्च प्रतिव्यक्ति ३० हजार लिएको देखाएको छ । यसैगरी टेलिफोन मोबाइल खर्चबापत प्रतिव्यक्ति ४८ हजार, पुस्तक पत्रिका इन्टरनेटबापत हरेक वडाध्यक्षले ४८ हजार, समन्वय तथा सहजीकरण शीर्षकमा ७८ हजार, अतिथि सत्कार बापत ९६ हजार, खानेपानी, बिजुली, सरसफाइबापत ३० हजार र चाडवाड खर्च प्रतिवडाध्यक्ष १८ हजारका दर ३१ लाख ३२ हजार लिएको उल्लेख छ ।

कार्यपालिकाका सातजना सदस्यहरूमा बैठक भत्ता प्रतिव्यक्ति सात हजार आठ सय ५८ रुपैयाँ लिएका छन् । यसैगरी यातायात खर्च प्रतिव्यक्ति ३० हजार, टेलिफोन मोबाइलमा प्रतिव्यक्ति ४२ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च प्रतिव्यक्ति ४२ हजार, समन्वय तथा सहजीकरण ७२ हजार, खानेपानी बिजुली र सरसफाइमा ५२ हजार पाँच सय र चाडपर्ब खर्चबाफत प्रतिव्यक्ति एक लाख २० हजार लिएको तथ्यांक छ । कार्यपालिका सदस्यहरूको जम्मा खर्च २३ लाख ५२ हजार रहेको छ । कार्यपालिका सदस्यहरूले अतिथि सत्कार खर्च लिएका छैनन् ।

नगरसभाका ३० सदस्यले पनि ३४ लाख ६३ हजार २९ रुपैयाँ बुझेका छन् । जसमा प्रतिसदस्य टेलिफोन, मोबाइल खर्चबापत प्रतिव्यक्ति २३ हजार ६ सय रुपैयाँ लिएका छन् । यस्तै पुस्तक पत्रिका इन्टरनेट खर्च २९ हजार पाँच सय, समन्वय तथा सहजीकरण ४७ हजार दुई सय, खानेपानी बिजुली र सरसफाइमा ११ हजार आठ सय र चाडपर्व खर्चबापत तीन हजार तीन सय ३५ रुपैयाँ लिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।