इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको :प्रमुख चौधरी

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको वताउनुभएको छ । कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उहाँले पुष सम्ममा इटहरीका प्राय सवै मुलवाटोहरु पिच भइसक्ने वताउनुभयो ।

प्रमुख चोैधरीले चार बर्षमा सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिनुभयो । यो आर्थिक बर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुने गरि धमाधम काम भइरहेको वताउनुभयो । चार वर्षमा चालिस किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाउने काम भएको र यो बर्ष थप १० किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाई सकिने वताउनुभयो ।

उहाँका अनुसार केहि दिन भित्रैमा पाँच करोड लगानीमा वन्ने हुलाकी सडक अन्र्तगतको पूल शिलान्यास हुने छ । इटहरीमा चार बर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेका छन् । चारवाट ठूला पुल निर्माण प्रकृया सुरु भएको छ । उहाँले इटहरीमा चाडैनै एक अर्व ३७ करोडको वल्र्डवैकको परियोजना संचालन हुन लागेको जानकारी दिनुभयो ।

त्यसका लागि सम्झौता भइसकेको छ । आठ वटा वडा कार्यालय भवन निर्माण हुदैछन । केहि महिना भित्रैमा इटहरीका सवै वडा वाटै स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने छन । १४ वटा स्वास्थय इकाई भवन निर्माण सकेर केहि महिनामै स्वास्थ्य सेवा सुरु गरिने छ । त्यसका लागि आवश्यक जनशक्ति,फर्निचर,औषधी लगायतको ब्यवस्था भइसकेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार इटहरी अस्पतालको ३ तले २३ कोठे भवन निर्माण भइरहेको छ । इमन्रजेन्सी ब्लक समेत वन्दै छ । अहिले इटहरी अस्पतालमा एमडिजिपि सहित ५४ जनाले सेवा प्रदान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।