कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ

झापा,असोज ६ । झापाको दमक-१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा भद्रपुर-७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर-९ का ४९ बर्षीय दिल बहादुर राई, भद्रपुर-१० का ५० बर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड-१ का ४२ बर्षीय तिर्थ अधिकारी, कन्काई-३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह रहेका छन ।

यसै गरी गौरादह-५ का ४५ बर्षीय हरि कोईराला, कमल गाँउपालिका-४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक-७ का ४९ बर्षीय कर्ण राई, सोही स्थानका ४० बर्षीय राजन दाहाल र ३४ बर्षीय विनोद थेबे रहेका छन । यस्तै बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे-१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान-४ का ५७ बर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान-५ का ४२ बर्षीय नैन कुमार चौधरी र ग्रामथान-६ का ४४ बर्षीय रुपेश तामाङ रहेका छन ।

दमक-१ स्थितमा बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा हिजो राती साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा यी १७ जनालाई पक्राउ गरेको हो ।

साथै प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैया समेत फेला पारी बरामद गरेको छ ।

जुवाको खालबाट पक्राउ परेकाहरु उपर जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडी बढाईने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।