पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली,७ असोज । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् ।

सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख एक हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको बताइएको छ ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी हँुदै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.९० प्रतिशत भएको जनाइएको छ । सन् २०२० को मार्च महिनापछि अहिले सक्रिय सङ्क्रमितको यो संख्या सवभन्दा कम हो ।

पछिल्लो २४ घण्टामा ३१ हजार ९९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म चार लाख ४६ हजार ५० जनाको मृ,त्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृ,त्यु भएको जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।