लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

दमक, १२ असोज । इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ ।

वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताउनुभयो । लिम्बू बाहुल बसोबास रहेको सो वडाले वडाभित्रका सरकारी कार्यालयमा सरकारी कामकाजी भाषारूपमा राखिने उहाँले बताउनुभयो ।

लिम्बू भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो पहिलो भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिनुभयो ।

सो घोषणा कार्यक्रममा चुलाचुली गाउँपालिकाका उपाध्यक्ष निर्मला दाहाल, माङसेबुङ इलाम वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, चुलाचुली शिक्षा प्रमुख राममिश्र, वडा नं २ का अध्यक्ष रणबहादुर लिम्बू, श्रीजङ्घा लिपिका भाषाविद् तथा साहित्यकार ज्ञानोदय लावतीलगायतको उपस्थिति थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।