उर्लाबारीमा नेपाल प्रेस क्लब गठन,अध्यक्षमा रुपेन्द्र सेर्मा
उर्लाबारी । पुर्वीमोरङका पत्रकारहरुको मंगलबार भएको एक भेलाले ‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन भएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार रुपेन्द्र सेर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा मिलन के राउत, महासचिव तेजन खड्का, सचिव प्रवेश विष्ट र कोषाध्यक्ष किशोर श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरुमा रञ्जना अधिकारी, प्रेम केडी भट्टराई , धनराज महतो, विकास निरौला चयन भएका छन् । आवाज विहिनहरुको आवाजलाई बुलन्द रुपमा उठाउन सामुहिकताको खाँचो रहेकाले क्लब गठन गरिएको रुपेन्द्र सेर्माले बताए ।
संचारक्षेत्रमा सत्ता र शक्तिको आड लिएर व्यक्तिको देवत्वकरण गर्ने प्रवृति मौलाएको जनाउदै उनले भने–‘हामी जनसरोकारका मुद्धालाई ओझेल पर्न दिदैनौ ।’ सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, ज्येष्ठ पत्रकारलाई सम्मान, नयाँलाई अवसर दिलाउनका साथै पत्रकारको हकहित र व्यवसायिकतामा लागिपर्ने महासचिव तेजन खड्काको भनाई छ ।
यस्तै, नवगठित क्लबका कोषाध्यक्ष किशोर श्रेष्ठका अनुसार चाडै उर्लाबारी–७ मा कार्यालयको विधिवत उद्घाटन गरिनेछ । यसैगरी तत्कालै पत्रकार तथा आश्रित परिवारको स्वास्थ्य विमा गरिनेछ । नेपाल प्रेस क्लबको विधान मस्यौदालाई मुर्तरुप दिन हरि कोइरालाको संयोकत्वमा तीन सदस्य समिति चयन गरिएको छ । विधान मस्यौदा समितिमा सन्तोष विष्ट र भीमराज अधिकारी रहेका छन् ।


