खोप र होटल बुकको प्रमाणका आधारमा मनाङ प्रवेश पाइने

मनाङ, १३ असोज । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरुले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने प्रमख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनाङ प्रवेशका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड तयार पारिएको र पर्यटकले पूर्ण पालना गर्नुपर्छ । सुरक्षा व्यवस्था पनि कडा गरी प्रवेश दिइने उहाँले बताउनुभयो । “कोभिड पूर्णरूपमा नियन्त्रणमा आएको छैन, सङ्क्रमण कम भएको हो, पूर्णरूपमा निर्मूल भएको होइन, सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ र पर्यटन व्यवसायलाई पनि चलायमान बनाउनुपर्छ”, प्रजिअ लामिछानेले भन्नुभयो ।

सङ्क्रमणका बाबजुद पनि थलिएको पर्यटन व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको उहाँ बताउनुहुन्छ । “मनाङ प्रवेश नाकाबाट नै सुरक्षाको मापदण्ड पालना, कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएको छ वा छैन जाँच गरी प्रवेश गराउनेछौँ, यहाँ आउने विदेशी पर्यटकले होटल बुक गरेको छ वा छैन भनेर जाँचसहित प्रवेश दिनेछौँ”, उहाँले भन्नुभयो, “जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयको बैठकबाट निर्णय पारित गरी विदेशी पर्यटकलाई प्रवेश दिने तयारी गरिएको छ ।”

पर्यटकले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको प्रमाण, यहाँका होटलमा बुक गरेको प्रमाण र भ्रमणमा रहेका सबै पर्यटकले कोभिडको लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्नेछ । कोभिड परीक्षणको नतिजा सकारात्मक भएमा आइसोलेशनमा बस्नुपर्नेछ । नयाँ भेरियन्टसहितको कोभिडको सम्बन्धमा ट्राभल वा टे«किङ एजेन्सीमार्फत जिल्लामा आउने पर्यटकलाई यसबमोजिमको शर्तको पालना गर्ने÷गराउने दायित्व सम्बन्धित एजेन्सीको हुनेछ ।

सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरिएको पाइएमा जिल्ला प्रवेश गर्न दिइनेछैन । सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटक आउने उपयुक्त समय हो । प्रशासनको स्वीकृति लिएर जिल्लामा पर्यटक प्रवेश गराउने भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र जिल्लाका होटल तथा पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई जिल्लामा स्वागतसमेत गर्न थालिसकेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।