लालिगुराँस नगरपालिकामा ट्याक्टर दु’र्घटना, दुईको मृ’त्यु
तेह्रथुम, १७ असोज । लालिगुराँस नगरपालिका-४ मा टयाक्टर दु’र्घटना हुँदा दुईजनाको मृ’त्यु भएको छ ।
शनिबार बिहान ५ बजे भएको दु’र्घटनामा टयाक्टर चालक २२ बर्षका पञ्चबहादुर मग्रान्तीको घटनास्थलमै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ । ट्याक्टरमा सवार खेम सार्की उपचारको क्रममा लैजाँदै गर्दा मृ’त्यु भएको इलाका प्रहरीचौकी बसन्तपुरका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताए ।
चित्रेबजारबाट फुले जाँदै गरेको को२त ८४३६ नम्बरको टयाक्टर दु’र्घटना भएको थियो । दु’र्घटनामा परी म्याङलुङ-७ का दावा सेर्पा र लालिगुराँस-४ का पवन राई घा’इते भएका छन् । घाइतेलाई बिपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।


