बजार अनुगमन तीव्र : तीन वर्षदेखि म्याद गुज्रिएका खाद्यान्न फेला

प्रकाश तिम्सिना/सुनसरी, १८ असोज । चाडपर्व नजिकिएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार पनि अनुगमन गरेको उपमहानगरले खनारमा गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामान बेच्न राखेको पाइएको छ । खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।

उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँचवटा पसलमा म्याद गुज्रिएका सामान बेच्न राखेको पाइएको हो ।

एउटा पसलमा तीन वर्षअघि म्याद गुज्रिसकेको समानसमेत राखेको पाइएको छ । चाउमिन, मसला, सुजी, दाल,ज्वानो, मकै चामल, तेल, चकलेटकाे म्याद गुज्रिएको पाइएको हो । अन्य पाँचवटा पसलमा मूल्य सूची नराखेको पाइयो छ । त्यस्तै चारवटा पसल व्यवसाय प्रमाण पत्रबिना नै सञ्चालन भएको भेटियो छ । दुईवटा पसलको नवीकरण नभएको पाइएको छ ।

अनुगमनका क्रममा व्यवसाय प्रमाणपत्र लिन,पसल नवीकरण गर्न र लेबल गरेर मात्र सामान बेच्न निर्देशन दिइएको छ । पहिलो पटक भएकाले म्याद गुज्रिएका सामान नष्ट गरी त्यस्ता सामान नबेच्न र छुट्टै ठाउँ बनाएर राख्न निर्देशन दिइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले जानकारी दिए । अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका सामान बेच्न राखेको पाइए कानुन बमोजिम कारबाही हुने उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।