मनाङका बा’ढीपि’डित तीन महिनादेखि घरबारविहीन, पुनर्वासको पर्खाइ
लमजुङ, १९ असोज । असार १ को बा’ढीले विस्थापित मनाङका बाढीपि’डित पुनर्वासको पर्खाइमा छन् । तीन महिनादेखि घरबारविहीन बनेका बाढीपिडित सुरक्षति ठाउँको पुनर्वासको पर्खाइमा बसेका हुन् ।
नासों गाउँपालिका-१ तालगाउँका ६० घर विस्थापित भएपछि अहिले तालगाउँमा मर्स्याङदी बगेको छ ।मर्स्याङदीको बाढीले तालगाउँ अहिले बगरमा परीणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।
मर्स्याङदीमा आएको बाढीले घर बगाएपछि तालगाउँमा बाढीपीडित अहिले आमा समूहको भवन र आफन्तकहाँ शरण लिएर बस्दै आएका छन् । तालगाउँकी लक्ष्मी गुरुङ अहिले ताल गाउँमै आमा समूहको भवनमा बस्दै आएकी छन् । उनी भन्छीन्, ‘सरकारले बस्ने घर बनाइदिए, भवन छाडेर जान्थ्याैँ । बाढीले लक्ष्मीको घरखेत बगरमा परीणत भएको छ ।
बाढीले बस्ने घर नै बगाएपछि समस्या भएकाे बाढीपीडित गंगामाया गुरुङले बताइन् ।
बाढीपीडितको पुनर्थापनाका लागि संघ र प्रदेश सरकारमा पहल भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।


