परम्परागत अलैंची भट्टीको भरमा कृषक

प्रकाश पाक्साँवा/तेह्रथुम, १९ असोज । तेह्रथुमको ग्रामिण क्षेत्रका किसानहरू परम्परागत भट्टीबाटै अलैंची तयारी गर्दै आएका छन् । अलैंचीको बगानमा बनाइएका भट्टीहरूमा यहाँका किसानहरूले अलैंची तयारी गर्दै आएका हुन् ।

आधुनिक भट्टीको बारे जानकारी नभएकोले परम्परागत भट्टीबाटै तयारी गर्दै आएको छथर गाउँपकालिका-२ का देबी लिम्बुले बताए । ‘गाउँघरमा आधुनिक प्रविधिको भट्टीको महत्व र फाइदाको ज्ञान नभएकाले हामी परम्परागत रूपमै तयारी गर्दै आएका छौँ’, उनले भने । काँचो दाउरा, धुँवासँगै कृषकहरूले अलै‌ची तयारी गर्दै आएका छन् ।

टिपेर तयारी गरेको अलैंची भट्टीमा सुकाउने गरेको रनमाया लिम्बुले बताइन् । उनी भन्छिन्, ‘पानीले भिजेको दाउराको भरमा अलैंची तयार गर्नुपर्छ । घण्टौँ समय लगाएर तयार गरेको अलैंचीलाई व्यापारीले गुणस्तरीय नभएको भन्दै मूल्य पनि कम दिने गरेका छन्।’

परम्परागत भट्टीमा धेरै समय लाग्ने र गुणस्तरयुक्त पनि नहुने समस्याले किसान पीडित बन्दै आएका छन् । ग्रामिण क्षेत्रका किसानहरूलाई आधुनिक प्रविधिको भट्टीबारे ज्ञान नहुँदा परम्परागत रूपमै अलैंची तयारी गर्दै आएका छन् । किसानले पाँच रोपनीदेखि ५० रोपनीसम्म क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् । जिल्लाको दुई नगरपालिका र चार गाउँपालिकमा अलैंची खेती विस्तार भएको छ । तेह्रथुममा सात सय २३ हेक्टरमा अलैंचीको खेती हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।