चार्डवार्ड नजिकिएसंगै धनकुटामा स्थानिय तहले नै सुरु गरे बजार अनुगमन
कबिराज घिमिरे, धनकुटा । चार्डवार्ड नजिकिएसंगै धनकुटामा स्थानिय तहलेनै बजार अनुगमन सुरु गरेका छन् । धनकुटाको छथरजोरपाटी गाँउपालिकाले आफ्नो क्षेत्र भित्र रहेको सम्पुर्ण बजार पसलको अनुगमन गरेको हो ।
चाडवार्डमा अखाद्य बस्तु बढि मात्रमा बिक्रि बितरण हुन सक्ने भन्दै अनुगमन गरिएको छथरजोरपाटी गाँउपालिकाले जनाएको छ । गाँउपालिकाको प्रशासन शाखा प्रमुखको संयोजकत्बमा जिल्ला प्रशासन कार्यलय धनकुटा, खाद्यप्रबिधि तथा गुण नियन्त्रण कार्यलय, उद्योग बाणिञ्य संघ, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मी समेतको टोलिले बजार अनुगमन गरेको हो ।

खास गरि खाद्यान्नका पसल तथा होटलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्यसामाग्री बढि मात्रामा पाइएको अनुगमन समितिका संयोजक तथा छथर जोरपाटी गाँउपालिकाका प्रशासन शाखा प्रमुख नेत्र श्रेष्ठले बताउनु भयो ।
त्यस्तै लेवल नटासिएको खाद्य सामाग्री समेत जफत गरिएको छ । जफत गरिएका सामाग्री डिस्पोज गरिएको छ । पछिल्लो समय बजार क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा बढि अखाद्य बस्तु पाउने गरिएको खाद्यप्रबिधि तथा गुण नियन्त्रण कार्यलय धनकुटाका प्रमुख प्रमुख खाद्य निरीक्षक सुसील कोइराला बताउनु भयो ।

जिल्लामा जिल्ला प्रशासन कार्यलय तथा स्थानिय तह लाइ अनुगमनको जिम्मा हुन्छ । जिल्ला प्रशासन कार्यलयले आबश्क्ता अनुसार तथा स्थानिय तहले एक बर्षमा कम्तिमा चार पटक सम्म अनुगमन गर्ने जिम्मा पाएका हुन्छन् । तर चाडबार्डको मुखमा बर्षमा एक पटक भन्दा बढी बजार अनुगमन खासै हुने गरेको छैन ।


